काठमाडौँ, २४ असोज । गैरविशेषज्ञ चिकित्सकले गर्ने शव परीक्षण पोस्टमार्टम् प्रति विश्वस्त हुन नसक्दा उपत्यकाबाहिरका मृतकका परिवार मृत्युको कारण पत्ता लगाउन शव राजधानी ल्याउन बाध्य भएका छन् ।

शव परीक्षण गर्न एमबीबीएसपछि थप तीन वर्ष फरेन्सिक मेडिसिनमा विशेषज्ञता हासिल गर्नुपर्ने प्रावधान छ । तर, उपत्यकाबाहिर भरतपुर, पोखरा र धरानमा मात्र विशेषज्ञ सेवा उपलब्ध रहेकाले अन्य ठाउँका शव परीक्षण गर्न राजधानी नै ल्याउनुपर्ने प्रावधान छ ।

शंकाष्पद मृत्यु भएकाको शव परीक्षणको चाप महाराजगन्ज मेडिकल कलेजमा परेको छ । बाहिरबाट शव धेरै आउन थालेपछि कलेजको फरेन्सिक मेडिसन विभागलाई त्यसको व्यवस्थापनमा कठिनाई परेको छ ।

भुकम्पपछि आईसीआरसीले दिएको ४८ वटा शव अटाउने मोवाईल कन्टेनर विग्रिएर थन्किएको छ । संस्थाले बनाईद्यिउको शव राख्ने कोल्ड रुप पनि बन्द हुने पुगेको छ ।, यो खबर आजकोअन्नपुर्ण पोष्टमा छ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *