काठमाडौँ, २४ असोज । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई गत पुसमा गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका नौजना पुर्पक्षका लागि अहिले पनि जेलमा छन् ।

माघमा पक्राउ परेलगत्तै उनीहरुले प्रहरीलाई सूचना दिएका थिए, ‘मनोज पुन नेतृत्वमा रहेको हाम्रो समूहले अब काठमाडौं ताक्दैछ ।’

पुनका सहयोगीहरुले दिएको पूवसूचनालाई प्रहरीले सदुपयोग गर्न सकेन । यो समूहमाथि नौ महिनासम्म सार्थक हस्तक्षेप हुन नसक्दा सोमबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै गोली हानी हत्या भएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकलाई सो समूहका लोप्साङ तामाङले फोन गरी घटनाको जिम्मेवारी लिइसकेका छन् ।

केहि महिनाअघि दावा लामामाथि गोली हानेको घटनामा पनि उनले फोन गरेर जिम्मेवारी लिएका थिए । आजको नयाँ पत्रिकामा खबर छ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *