एक पटक एउटा अनौंठो घटना भयो । सायद कोठीहरुमा अपवादका रुपमा हुने घटना । एकपटक हाम्रो बंगलामा मोजमस्तीका लागि कलेजका केही केटाहरु आएका थिए । ती केटाहरु आ-आफुले मन पराएका केटीहरु बोकेर कोठामा गए । ती मध्येकै एउटा केटाले मलाई राज्यो र मेरो कोठामा आयो । त्यती बेला म कलिलै थिएँ ।
