चितवनको कालिका नगरपालिका भटेनीस्थित पृथ्वी माध्यमिक विद्यालयमा नौ कक्षामा पढ्दै गरेकी पदमपुर निवासी १६ वर्षीया सुष्मा चेपाङले तीन साताअघि विवाह गरिन्।
उनले चितवनको काउले गाविस-४ राक्सिराङका १७ वर्षीय सुसन चेपाङसँग भागेर बिहे गरेकी हुन्। आफ्नी भाउजू सुनिताका सहोदर भाइ सुसनसँग मायाप्रीति बसेपछि सुष्माले पढाइ छाडेर भाउजूको माइतीमा बुहारी बन्ने निधो गरिन्। आफूले मन पराएको सुसनसँग घरजम गर्न पाउँदा खुसी देखिएकी सुष्मालाई पढाइ छाड्नु परेकोमा कुनै पछुतो छैन।