Home » खेलकुद » अर्जेन्टिनालाई अर्को झड्का, पेरुले बराबरीमा रोक्यो

अर्जेन्टिनालाई अर्को झड्का, पेरुले बराबरीमा रोक्यो

रुस विश्वकपमा छनोटका लागि संघर्षरत अर्जेन्टिनालाई अर्को धक्का लागेको छ ।

 

दक्षिण अमेरिकी छनोट अन्तरगत शुक्रबार भएको खेलमा पेरुले अर्जेन्टिनालाई गोलरहित बराबरीमा रोकेको छ ।

घरेलु मैदानमा भएको खेलमा मेस्सीले पनि अर्जेन्टिनालाई जित दिलान सकेनन् । दोस्रो हाफको सुरुमा नै उनको प्रहार पोलमा लागेर फर्किएको थियो ।

यो बराबरीसँगै पेरु १७ खेलबाट २५ अंकका साथ पाँचौं स्थानमा छ भने अर्जेन्टिनाको समान अंक भएपनि गोल अन्तरका आधारमा छैटौं स्थानमा छ ।

अर्जेन्टिनाले अब छनोट चरणको अन्तिम खेल इक्वेडरसँग खेल्नेछ । अब विश्वकपमा छनोट हुन अर्जेन्टिनाले यो खेल जितेर मात्र पुग्दैन, अन्य टोलीको खेलमा पनि भर पर्नु पर्नेहुन्छ ।

यो समूहबाट ब्राजिलले रुसको टिकट पक्का गरिसकेो छ । दोस्रो स्थानमा रहेको उरुग्वेको २८ अंक छ भने तेस्रो स्थानमा रहेको चिली र चौथो स्थानमा रहेको कोलम्बियाको समान २६ अंक छ ।

अन्तिम खेलमा उरुग्वेले बोलिभियासँग, चिलीले ब्राजिलसँग र कोलम्बियाले पेरुसँग खेल्नेछ । एक अंकले अर्जेन्टिना भन्दा पछाडि रहेको पाराग्वेले भेनेजुएलाको सामना गर्नेछ ।

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

पहिलो एनएन एफ सी

पहिलो एनएन एफ सी रनिङ् कप उपाधि ऒहसि एफ सी लाइ

पहिलो एनएन एफ सी रनिङ् कप उपाधि फ़ुकुओका ऒहसि एफ सी लाइ फुकुओका ,जापान २१ ...