काठमाडौं, १७ असोज । मेलम्चीको मुख्य वितरण सञ्जालमा हाइड्रोलिक परीक्षण सुरु गरिएको छ । यसका लागि सुन्दरीजलबाट वागमतीको पानी प्रयोग गरिएको छ । तर, त्यो उपभोक्ताको धारासम्म पुग्ने छैन ।
मेलम्ची खानेपानी योजनाअन्तर्गत् ‘वाटर टि्रटमेन्ट प्लान्ट’ले पनि परीक्षण सुरु गरेको छ । त्यहाँ टि्रटमेन्ट गरिएको पानी नै मेलम्चीको मुख्य वितरण सञ्जालमा पठाउन सुरु गरिएको हो ।
दशैंअघि सुन्दरीजलबाट चार किलोमिटर ‘बल्क डिस्ट्रिब्युसन सिस्टम’को परीक्षण गरिएको मेलम्चीअन्तर्गत् आयोजना कार्यान्वयन एकाइ प्रमुख तिरेश खत्रीले जानकारी दिए ।
दशैंका कारण रोकिएको परीक्षण १/२ दिनमै कामदार फर्किएपछि पुनः सुचारु गरिने उनले बताए ।