काठमाडौं, १७ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् ।

भारतीय कम्पनी सतलजको लगानीमा बन्न लागेको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्न मोदी नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा उक्त आयोजना शिलान्यास गर्ने कार्यक्रम छ ।

त्यसका लागि मोदी असोज अन्तिम साता वा कात्तिक पहिलो साता नेपाल आउने तयारी भइरहेको छ । मोदीको नेपाल भ्रमणको मिति टुंगो लगाउन परराष्ट्र मन्त्रालय गृहकार्यमा जुटेको छ ।

प्रधानमन्त्री देउवाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईका अनुसार मोदी तेस्रोपटक नेपाल आउने निश्चित भइसकेको छ ।

मोदी प्रधानमन्त्री भएलगत्तै नेपाल आएका थिए । त्यसको तीन महिनापछि नेपालमा आयोजित सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी हुन दोस्रोपटक मंसिर ०७१ मा काठमाडौं आएका थिए ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *