नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच पार्टी आगामी निर्वाचनमा तालमेल गर्ने तथा पार्टी एकिकरण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

काठमाडौंको राष्ट्रिय सभागृह हलमा तीन पार्टीका अध्यक्षले ६ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमति पत्रमा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड, नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् ।

गृहमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सम्झौतापत्र पढेर सुनाएपछि तीन शीर्ष नेताले हस्ताक्षर गरेका थिए ।

सहमतिमा तीन पार्टीबीच एकीकरण गरी एउटै पार्टी निर्माण गर्ने उद्देश्यका साथ हाललाई ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्ने ।समितिमा एमालेबाट ४, माओावदीबाट ३ र नयाँशक्तिबाट १ नेता रहने । विस्तृत खाका र योजना यही समितिले तयार पार्ने । पार्टीको नीति र विधान तयार पार्न दस्तावेज मस्यौदा समिति गठन गर्ने । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि एकीकरण सम्पन्न गर्ने । अब बन्ने पार्टीको मुद्दामा बहस गर्न सकिने ।

सार्वजनिक रुपमा सार्वजनिक टिप्पणी र नकारात्मक टिप्पणी नगर्ने । आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाका निर्वाचनमा माओवादीलाई ४० र एमालेलाई ६० प्रतिशत हुने गरी तालमेल गर्ने । निर्वाचनमा साझा घोषणा पत्र तयार पार्ने । प्रतिनिधि सभा निर्वाचन घोषणा पत्र मस्यौंदा समिति तयार गर्ने । निर्वाचनमा तालमेलका लागि अन्य शक्तिलाई पनि आह्वान गर्ने जस्ता बुदाहरु समेटिएका छन् ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *