Home » कार्यक्रम » फुकुओकामा विद्यार्थीहरुको लागि सुवर्ण अवसर
सुवर्ण अवसर
सुवर्ण अवसर

फुकुओकामा विद्यार्थीहरुको लागि सुवर्ण अवसर

फुकुओकामा ७०जना विद्यार्थीहरुको लागि सुवर्ण अवसर

फुकुओका ,जापान
सेप्टेम्बर २६

जापानमा नेपालीहरुको बढ्दो चाप सगै समस्या ,चुनौती र अवसर पनि बढ्दै गइरहेको छ।विदेशमा भएका नेपालीहरुको समस्यालाई अवसरमा परिणत गर्न विभिन्न सामाजिक संघ ,संस्था लगाएत व्यवसायिक संस्था तथा व्यक्तिहरु सक्रिय रुपमा लगिरहेका छन।जसले गर्दा समस्यामा रहेका नेपालीहरुलाई राहत तथा धेरैले सुवर्ण अवसर प्राप्त गरी सफल भएका उदाहरणहरु पनि छन्। यस बाट के प्रष्ट हुन्छ भने एकता र सहकार्यले हामी सबैलाई सफल बनाउछ ।

 

नेपालीहरुको महान पर्व बडा दशैँ तथा सुभ दिपावली लगत्तै २०१७/१०/२२ तारिख आइतबार बिहान १० बजे बाट हाकाता स्टेशन नजिकै गाउले रेस्टुरेन्ट एण्ड बारको आयोजनामा बृहत रोगार सम्बन्धि कार्यक्रम गर्ने भएको छ ।जापानको क्युश्यु क्षेत्र विशेषगरी फुकुओका शहरमा बसोबास गर्ने विद्यार्थीहरुलाइ मध्यनजर गर्दे आउदो बर्षको ( मार्च महिनामा ) मा युनिभर्सिटी र अन्य कलेज ग्र्याजुएसन हुने साथै जापानिज भाषा कोर्ष कम्प्लिट भएको नेपालमा युनिभर्सिटी सकेका जेहेन्दार ,इमान्दार र मिहेनिती विद्यार्थीहरू ७० जना को लागि आफ्नो क्षेमता अनुसार कामको अवसर भएकोले उक्त कार्यक्रम गर्न लगिएको हो ।

 

जापानमा ओर्किंग भिजा सम्बन्धि ज्ञानको अभाव र अन्य कारणले गर्दा कुनै जापानको कम्पनीमा कामदारको माग र काम गर्न सक्ने क्षमता भएता पनि सहज रुपमा काम नपाएर भौतारीनु पर्ने अवस्था छ।यस्ता कुरालाई मध्यनजर गर्दै जापानका प्रशिद्ध कम्पनीहरु सग सहकार्य गरी यो कार्यक्रम गर्ने लागेको कुरा गाउले रेस्टुरेन्ट एण्ड बारका संचालक किरण बर्माले फुकुओका नेपाल डट न्युजलाई बताए ।उहाले थप्दै भन्नु भयो क्युश्युको ऒइता ,कुमामोतो ,फुकुओकाका प्रशिद्ध कम्पनीहरुको उपस्थिति हुने र क्षमतावान र इच्छुकको जब ग्यारेन्टी हुने भएकोले यो एउटा विशेष अवसर हो।उहाले उक्त कार्यक्रमको सिट सिमित भएकोले यथा शिघ्र आयोजकलाइ सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

ओखलढुंगामा बम प्रहार

ओखलढुंगा, २ मंसिर। वाम गठबन्धन र नेपाली कांग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस ...