पोखराको पृथ्वीचोक स्थित चाइनापुलबाट सेतीको खोँचमा देखिएका युवाको उद्दार गरिएको छ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ कृष्णटोल बस्ने दिपक सुनारका २१ वर्षिय छोरा मनोज सुनारको उद्दार गरिएको हो । बिहान पुलबाट सेतीको खोँचमा एक युवा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
खोँचबाट निकाली सुनारलाई सुरुमा पोखरा हस्पिटल लिगएको थियो त्यहाँबाट थप उपचारको लागि गण्डकी मेडकल लगिएको प्रहरीले जनाएको छ ।
सुनार किन खोँचमा पुगे, खसे वा हाम्फाले यसको खुलासा भइसकेको छैन