पशुपन्छी विकासमन्त्री सन्तकुमार थारुको नेतृत्वमा गत बिहीबार नागढुंगामा गरिएको अनुगमनका क्रममा एउटै बसबाट २८ वटा मरेका खसीबोका फेला परे । नेपालगन्ज–काठमाडौं चल्ने ना.५ख १६८३ नम्बरको यात्रुवाहक बसको डिकीमा राखेर मरेका खसीबोका उपत्यका भिœयाइँदै थियो ।
– गत जेठ २२ गते महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको ना.६ख ८४५३ नम्बरको यात्रुवाहक बसको डिकीमा नौवटा मरेका खसी भेटिएका थिए । मरेका खसी महेन्द्रनगरकै डम्बर भण्डारीले उपत्यकामा बिक्री गर्ने उद्देश्यले ल्याएका थिए ।
उपत्यकामा मासु बिक्री गर्न मरेका खसीबोका भिœयाइएका केही प्रतिनिधि घटना मात्र हुन् यी । छड्के अनुगमनका क्रममा भेटिएको यो परिमाणले उपत्यकामा मरेका खसीबोकाको मासु बिक्री भइरहेको देखाउँछ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *