पोखरा, ८ असोज । बैदेशीक रोजगारीमा जानेहरुका लागि पोखरामा पहिलो पटक ओरियन्टेसन सेण्टर खुलेको छ । पोखराको न्युरोड नगरपालिका माथि सिद्धार्थ ओरियन्टेसन तथा ट्रेनिङ सेण्टर खुलेको हो ।
कार्यक्रमको श्रम कार्यलय पोखराका प्रमुख भरत काफ्लेले उद्घाटन गर्नुभयो । सो अवसरमा काफ्लेले पोखरामा पहिलो पटक खुलेको ओरियन्टेशन सेण्टरले यो क्षेत्रबाट वैदेशीक रोजगारीमा जानेहरुको लागि उल्लेख्य भुमिका खेल्न सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
साथै उहाँले काठ्माण्डौका ओरियन्टेसन सेण्टरहरुको बारेमा आएका नकरात्मक कुराहरु जस्तै यस सेण्टरले पनि आफ्नो छवि नविगार्न सुझाव दिनुभयो । कार्यक्रममा वैदेशीक रोजगार शाखा संरक्षण संघ पोखराका अध्यक्ष खिमराज बराल र सचिव जगत मोहन गिरी लगायतले आफ्नो धारणा राखेका थिए ।
सेण्टरका संचालक ढाकाराम लामिछानेले आफुहरुले यस क्षेत्रमा पहिलो पटक वैदेशिक रोजगारीमा जानेहरुका लागि ओरियन्टेसन तथा ट्रेनिङ सेण्टर खोलेको जानकारी दिनुभयो ।