लमजुङ, असोज ८ गते । ठाडोभाका शिरोमणि भेडीखर्के साइँलाको निधन भएको १३ औँ पुण्यतिथिका अवसरमा श्रद्धाञ्जली सभा गरिएको छ । लमजुङको सुन्दरबजार नगरपालिका र ठाडोभाका लोककला प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा शनिबार लमजुङको सुन्दर बजारमा उक्त सभा गरिएको हो ।

कार्यव्रmममा लमजुङका सांसद डा. भीष्मनाथ अधिकारीले भेडीखर्के जस्ता व्यक्तित्व एक युगमा एक पटकमात्र जन्मने बताउनुभयो । उहाँले यस्ता व्यक्तित्वको जीवनबारे राज्य बेखबर हुने र औषधिका अभावमा मर्नुपर्ने अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्नभयो । भेडीखर्केको गायन यात्रालाई जीवन्त राख्न वृत्तचित्र निर्माण र हुलाक टिकट प्रकाशन गर्नुपर्नेमा उहाँको जोड थियो । डा. अधिकारीले भेडीखर्केलाई मरणोपरान्त भए पनि कुनै उपाधि दिन सरकारसँग मागसमेत राख्नुभयो ।

सुन्दरबजार नगरपालिकाका प्रमुख तथा कार्यव्रmमका सभापति जनक मिश्रले भेडीखर्केको निधनले ठाडोभाकाको मूल दियो निभेको भन्दै त्यसबाट सल्किएका अन्य दियोले पनि यो भाकालाई बचाएर समाजलाई उज्यालो दिइरहने विश्वास व्यक्त गर्नुभयो । भेडीखर्केको सम्मानका लागि स्थानीय सरकारका तर्फबाट गर्नुपर्ने र गर्न सकिने सम्पूर्ण काम गर्न आफू तयार रहने प्रतिबद्धता पनि मिश्रले व्यक्त गर्नुभयो ।

ठाडो भाका लोककला प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले प्रतिष्ठानका गतिविधिमा प्रकाश पार्दै भोडीखर्केलाई जनस्तरबाट दिइएको ठाडोभाका शिरोमणिको उपाधि अब राज्यले मरणोपरान्त भए पनि दिनुपर्ने माग गर्नुभयो । उहाँले ठाडोभाका संरक्षणको पहल, त्यसका बारेमा खोजमूलक स्मारिका प्रकाशनको तयारी गरिरहेको बेलामा उहाँको निधन भएका कारण अब वार्षिक पुण्यतिथिमा स्मृति ग्रन्थका रूपमा त्यसको प्रकाशन गरिने बताउनुभयो । ठाडोभाका शिरोमणि स्मृति पार्क निर्माणका लागि नगरपालिकालाई जग्गा उपलब्ध गराउन माग राख्दै उहाँले त्यसमा अर्धकदको शालिक राख्न प्रतिष्ठानले पहल गरेको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले रच्नुभएको श्रद्धाञ्जली गीत प्रतिष्ठानका सदस्य लोकतन्द्र खनालले वाचन गर्नुभएको थियो । यसैगरी, ठाडोभाका लोककला प्रतिष्ठानका उपाध्यक्ष युुवराज घिमिरेले रच्नुभएको श्रद्धाञ्जली कविता प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष कवि मातृका खनालले वाचन गर्नुभएको थियो ।

सो समारोहमा भेडीखर्केका समकालीन देवीबहादुर गुरुङ, सयपत्री आमाविका प्रिन्सिपल ज्ञानेन्द्र शर्मा, लमजुङ जेसिजकी अध्यक्ष एवम् प्रतिष्ठानकी उपाध्यक्ष लालुमाया गुरुङ, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष एवम् प्रतिष्ठानका सचिव कृष्णबहादुर आले, भेडीखर्केलाई पछिल्ला वर्षमा पालनपोषण गर्नुहुने ज्वाइँ एवम् प्रतिष्ठानका सदस्य शमशेर लौडारीले श्रद्धाञ्जली मन्तव्य तथा कवि विश्वनाथ न्यौपानेले श्रद्धाञ्जली कविता वाचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव एवम् साहित्यकार रुपिन्द्र प्रभावीले गर्नु भएको थियो ।

वि.सं. १९९० भदौ २९ गते जन्मिनुभएका भेडीखर्के साइँलाका नामले परिचित दीर्घराज अधिकारीको ८४ वर्षको उमेरमा गत भदौ २६ गते निधन भएको थियो । ९ वर्षको उमेरदेखि ठाडोभाका गीत गायनमा लाग्नुभएका भेडीखर्केले आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि उक्त गीत गाइरहनभएको थियो । त्यसैले पनि उहाँलाई ठाडोभाकाको धरोहर तथा अभियन्ता मानिन्छ । ब्राह्मण समाजमा जन्मेको छोराले गीत गाउँदै हिँड्न हुँदैन भन्ने जमाना र आफ्ना बुबाले गीत गाउन रोक्दा रोक्दै पनि उहाँले सो परम्परा तोड्दै देउबहादुर दुरा र पञ्चैसुब्बा गुरुङबाट सिर्जित ठाडोभाका गीतलाई निरन्तर रूपमा गाएर चर्चाको शिखरमा पु¥याउनुभएको थियो ।

ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङका संरक्षकसमेत रहनुभएका उहाँ जेठी छोरी लीला र ज्वाइँ शम्शेर लौडारीको साथमा सुन्दरबजारमा बस्दै आउनु भएको थियो । उहाँका श्रीमती, एक छोरा र तीन छोरी हुनुहुन्छ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *