पोखरा, ८ असोज । औधोगिक मजदुर वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुर्ण भट्टराई निर्वाचित भएका छन । संस्थाका त्रेस्रो अधिवेशन तथा सातौ वार्षिक साधारण सभाले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा पूर्ण भट्टराई, उपाध्यक्षमा वालकृष्ण वास्तोला चयन हुनु भएको छ । कोषाध्यक्षमा शम्भुप्रसाद अधिकारी, सचिवमा केशवराज भट्टराई र सहसचिवमा लेखनाथ वराल निर्वाचित हुनु भएको छ ।
त्यस्तै नवगठित समितिको सदस्यहरुमा अरुणा पौडेल ढकाल, झरिमाया सापकोटा, भविकला कँडेल, नवराज पौडेल र नारायण गैरे चयन हुनु भएको छ ।