अमेरिकामा बस्दै आएकी गायिका निक्कि कार्कीले आफू नर्थ क्यारोलिनामा स्टेज शो गर्न पुगेको बेलामा आफूमाथी यौन दुर्व्यवहार भएको दाबि गर्दै फेसबुक लाईभ मार्फत आफ्नो पिडा पोखेकी छिन्।
नर्थ क्यारोलिनामा स्टेज शो गर्न पुगेकी उनीलाई आयोजक मध्येका एकले यौन दुर्ब्यबहार गरेको बताएकी छिन्।
आयोजक संस्थाका एक ब्यक्तिले आफूलाई होटलमा लगेर एउटै बेडमा मिलेर सुतौ भनेको र कार्यक्रम चलिरहदाँ पर्दा पछाडि ( ब्याक स्टेज) मा गएर आफ्नो कोठामा गएर बियर पिउन जाउँ भनेर जिद्धि गरेको र त्यो सबै गलत नियतले भनेको हुँदा आफू माथिको यौन दुर्व्यवहार भएको आरोप लगाएकी छिन्।