पोखरा, ८ असोज । नेपाल कानून समाज र नागरिक संवाद केन्द्र, पोखराको आयोजनामा मुलुकी देवानी संहिता २०७४ र मुलुकी अपराध संहिता २०७४ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।
पोखराको लखनचोकस्थित फेमिली रेष्टुरेण्टमा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता सांसद् राधेश्याम अधिकारी र उच्च अदालत, प्रदेश नं. ३ का न्यायाधीश टेकप्रसाद ढुंगानाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा नागरिक संवाद केन्द्र, पोखराकी प्रमुख अधिवक्ता जुनाकुमारी गुरुङले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा कास्कीका विभिन्न सरोकारवाला कानून व्यवसायी, राजनैतिक दलका प्रतिनिधि, निर्वाचित जनप्रतिनिधि, सामाजिक संघसंस्थाका अगुवालगायतको उपस्थिति रहेको थियो ।