टप ३ फाइनलिस्ट बुद्द लामा, निशान भट्टराई र प्रताप दासको अन्तिम लडाईमा बुद्दले बाजी मारेका थिए । जित संगै उनको सर्बत्र चर्चा परिचर्चा भइरहेको छ ।
उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जितेका हुन्।