पोखरा, ८ असोज । अनेरास्वव्यु कास्कीको अखिल कापी कलम अभियान अन्तरगत आज पोखराको रामघाटमा शैक्षिक सामाग्री तथा सरसफाईका सामाग्री प्रदान गरिएको छ ।
रामघाट स्थित शान्तिमार्गका करिब ४० गरिव तथा आर्थिक अवस्था कमजोर भएका बालबालीका हरुलाई कापी, कलम, साबुन, मञ्जन लगायतका समाग्री प्रदान गरिएको हो ।
अघिल्लो वर्षबाट सुरु भएको यो अभियान रामघाट सहित यस वर्ष मात्रै ८ ठाउँमा सम्पन्न भईसकेको कार्यक्रम संयोजक एवं अनेरास्व्यु कास्कीका उपाध्यक्ष लक्ष्मण तिमिल्सिनाले जानकारी दिनुभयो ।