पोखरा, ८ असोज । पोखरामा शनिबार सम्पन्न भएको टुर दी पोखराको तेश्रो संस्करणमा साईकल यात्रीहरुको उल्लेखनिय सहभागिता भएको छ । स्वास्थ्य र वातावरण तथा पर्यटनका लागि साइकल भन्ने मूल नाराका साथ साइकल सिटी पोखराको आयोजनामा भएको कार्यक्रममा करिब ८ सय जनाको सहभागिता रहेको साइकल सिटी पोखराका अध्यक्ष प्रकाश बज्राचार्यले बताउनुभयो ।

टुर दी पोखराको औपचारिक रुपमा कानुन मन्त्री यज्ञ बहादुर थापाले उद्घाटन गर्दै साईकल प्रयोग गर्नु स्वास्थ्य र आर्थिक तथा वातावरणका दृष्टिले फाईदा हुने बताए । काठमाण्डौं जस्तो पोखरालाई ध्वनी, धुलो र धुवाले आक्रान्त बन्न नदिनको लागि साईकलको प्रयोगलाई जति सक्दो बढाउनुपर्ने उहाँको भनाई छ । पोखरालाई साईकलमय बनाउन सुझाव दिदै मन्त्री थापाले सिंहदरवार र संसद भवनमा जादा समेत साईकलको प्रयोग गर्ने अठोट व्यक्त गर्नुभयो ।

जीवन र वातावरण स्वस्थ बनेपछि राष्ट्र स्वाथ्य बन्छ र विकास हुन्छ भन्ने सोंचका साथ साइकल सिटी पोखराले २०७२ सालदेखि टुर दी पोखरा अभियान सुरु गरेको हो ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *