पोखरा, ८ असोज । मगर चलचित्र रैयाँ कलाकार तथा प्राविधिकलाई मेनोको फिल्मस् एण्ड मिडिया हाउस पोखराले सम्मान गरेको छ ।
कलाकार तथा प्राविधिकलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर महिला संघका केन्द्रिय अध्यक्ष विनिता आलेमगरले सम्मानपत्र र चलचित्र विकास वोर्ड आदिवासी जनजाति चलचित्र प्रवद्र्धन समितिका संयोजक युवराज मास्कीमगरले खादाले सम्मान गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि विनिता आलेमगरले रैयाँ मगर महिलाले आत्मरक्षाका लागि लगाउने गहना भएको बताउनुभयो । मगर संस्कार संस्कृति झल्काउने चलचित्र रैयाँ प्रदर्शनमा मगर महिला संघतर्फबाट भूमिका खेल्ने प्रतिद्धवता जनाउनुभयो र चलचित्र विकास वोर्ड आदिवासी जनजाति चलचित्र प्रवद्र्धनका संयोजक युवराज मास्कीमगरले पहिले मातृृभाषामा चलचित्र बनाउँदा अरु समुदायले त स्विकारेनन् नै आफ्नै समुदायले पनि नस्विकारेको बताउनुभयो ।

उहाँले चलचित्र समाजको ऐना भएको बताउँदै चलचित्रबाट मनोरञ्जन मात्र नभएर शिक्षाको पनि साधन भएको बताउनुभयो । मातृभाषा चलचित्रले पनि सम्मान पाउनुपर्छ भनेर आफुहरुले चलचित्र वोर्डमा विद्रोह गरेकाले अहिले मातृभाषा चलचित्रलाई पनि सम्मान गर्ने संस्कार बसेको उहाँको भनाई थियो ।

कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निवर्तमान उपाध्यक्ष झकबहादुर थापा, मगर महिला संघ कास्कीका अध्यक्ष फुलकुमारी थापा, रैयाँ चलचित्रका लेखक तथा निर्देशक मेजन पुन, क्यामरापर्सन याम पुन, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कास्कीका अध्यक्ष एम.बी. आस्था मगर, राष्ट्रिय कौरा संरक्षण समितिका केन्द्रिय उपाध्यक्ष श्रीबहादुर थापा लगायतले बोलेका थिए ।
रैयाँ चलचित्रका निर्माता तारामाया थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत चलचित्रका निर्माता हर्क आले र सञ्चालन सञ्चारकर्मी रविना आलेमगरले गर्नुभएको थियो ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *