कानुन न्याय तथा संसदीय ब्यवस्था मन्त्रि यज्ञवहादुर थापाले कानुनको अभावमा आगामी मंसिरमा हुने प्रदेश र संधको चुनवा नरोकिने बताउनु भएको छ ।
लेखनाथ उद्योग बाणिज्य संघको ११ औ महाधिवेशन तथा २१ औ साधारण सभाको सनिवार उद्घाटन गर्दै मन्त्रि थापाले यस्तो वताउनु भएको हो ।
संविधानको कार्यान्वयन गर्ने वेलामा मुलुक आईपुगेको भन्दै उहाँले सवै मिलेर उपल्व्धीलाई संस्थागत गर्नु अहिलेको प्रमुख दायित्य रहेको बताउनु भयो ।
संविधानको पूर्ण रुपमा कार्यान्वयन गर्दे आर्थिक समृद्धिको बाटोमा जानुपर्ने भन्दै उहाँले पुजीको वृद्धि नगरि समाजवादको कल्पना गर्न नसकिने धारणा राख्नु भयो ।
लेखनाथ उद्योग बाणिज्य संघको संशोधीत विधान प्रमाणिकरण भए पछि आगामी असोज २८ गते निर्वाचन गर्ने कार्यतालिका तय गरिएको विधान मसौदा समितिका संयोजक तथा संघका निर्वतमान अध्यक्ष वाव’राम गिरीले जानकारी दिएका छन् । .