पोखरा, ८ असोज । पोखरा हार्डवयर एशोशियसनले नेपालीहरुको महान चाड विजयादशमी शुभ दिपावली छट र नेपाल संवत्को उपलक्षयमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

एशोशियसनको प्रांगडमा भएको शुभकामनाआदनप्रदान कार्यक्रममा वोल्दै संस्थाका अध्यक्ष राजेश कुमार गुप्ताले संस्थाको यो वर्ष रजतवर्ष भएको पनि यस्ता खालका सवैमा हर्ष र उल्लास छाउने धेरै कामहरु गर्नवाकी रहेकाले तीहार पछि सवै लाई सामाजिक काममा लाग्नअुनरोध गरे । उनले सवैलाई अनावश्यक खर्च रोकेर त्यसरी खर्च गर्न छुट्याइएको रकम समाज सेवामाखर्च गर्नुपर्छ समेत अनुरोध गरे ।

आफ्ना शोसियसनका सवै सदस्यहरुलाई अनावश्यक खर्च रोक्दै सेवामुखी कार्यक्रम गर्न समेत अनुरोध गरे ।

कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष कृष्ण मुरारी आचार्य (वनमाली) ले कार्यक्रममा उपस्थित सवैलाई धन्यवाद दिदै संस्थाले आउँदा दिनहरुमा सामाजिक हितको लागि सहकार्य गर्न समेत अनुरोध गरे । आउँदै गरेका चाढहरु रमाईलो र सामाजिक परिवेशमा मिल्ने गरी मात्रै मनाउन सवैलाई अनुरोध गरे । संस्थाका महासचिव पृथ्वी राज तिमिल्सिनाले संचालन गरेको कार्यक्रममा संस्थाका सल्लाहकार दिपक श्रेष्ठले सवै नेपाली मिलेर आउँदै गरेका चाढ मनाउन सकेमा एक आपसमाआत्मियतामा अझै वृद्धि हुने धारणा राखे ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *