पोखरा, ६ असोज । नाइटिङ्गगल ब्युटि पार्लर, श्रीया ब्युटि पार्लर र मोनालिसा ब्युटि पार्लरको संयुक्त आयोजनामा नेपाली नारिहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित कार्यक्रमको बचत रकमबाट सहयोग प्रदान गरिएको छ । पूर्व मिसेज तीज पोखरा समेत रहेकि रोजी श्रेष्ठले एक समारोहका विच सिन्दुपाल्चोककी सीता बोगटी र कन्सर्न बाजुरालाई सहयोग प्रदान गरेकि हुन् ।

सिन्धुपाल्चोका सीतालाई उनको छोराछोरीको अध्यायनमा सहयोग स्वरुप स्टेशनरि सामग्री तथा कन्सर्न बाजुरालाई नगद ७ हजार रुपैयाँ सहयोग गरिएको हो । २०७२ को महाभुकम्पमा घर भत्किएपछि पोखरा आएकि सीताले २ छोरी र १ छोरालाई पोखराकै एक विद्यालयमा पढाउँदै आएकि छन् ।

सहयोगी श्रेष्ठले तीजको संस्कृती जर्गेणा गर्ने उद्येश्यका साथ पोखरामा आयोजित कार्यक्रमबाट बचेको रकममध्येबाट उक्त सहयोग गरिएको जानकारी दिइन् । २०६८ सालमा मिसेज तीजको ताज जितेपछि उनले हरेक वर्ष यस्तै कार्यक्रम सञ्चालन गर्दै आएकि छन् । विगतकै सहयोग कार्यक्रमलाई निरन्तरता दिंदै यसपटक पनि सहयोग गरिएको श्रेष्ठले बताइन् । उनले आगामी वर्षहरुमा पनि कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाइन् ।

रेडियो बाराहीको प्राङ्गण राष्ट्रबैंकचोकमा आयोजित कार्यक्रममा बोल्दै रेडियोका कार्यकारि निर्देशक रमेश पौडेलले श्रेष्ठको यो कार्यलाई अन्य कार्यक्रमका आयोजकहरुले पनि सिको गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय तीज भड्किलो बन्दै गएको भनि समाजमा विभिन्न आलोचना भइरहेका बेला श्रेष्ठले गरेको कार्यले समाजमा सकारात्कम सन्देश दिने पौडेलले बताए । आयोजक रुक्मा श्रेष्ठ, कार्यक्रम संयोजक विनोद लामिछाने लगायतले सहयोग सामग्री प्रदान गरेका थिए । सोही समारोमा तीज कार्यक्रम सफल पार्न सञ्चारको क्षेत्रबाट सहयोग गरेको भन्दै रेडियो बाराही र फेवा टेलिभिजनलाई मायाको चिनो प्रदान गरिएको थियो ।

रेडियोका स्टेशन म्यानेजर गोबिन्द सुवेदी र फेवा टेलिभिजनका समाचार बाचक तथा कार्यक्रम प्रस्तोता सरिता पौडेलले उक्त मायाको चिनो ग्रहण गरेका थिए । रेडियोका कार्यक्रम संयोजक सन्तोषि सुनारले कार्यक्रम सञ्चालन गरेकि थिइन् ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *