हिन्दू नेपालीको महान् पर्व दशैँ तिहार नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी हुन थालेको छ। बेनी-जोमसोम सडक मार्ग भएर म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन र राजधानी काठमाडौँको बजारमा बिक्रीका लागि भेडाच्याङ्ग्रा निकासी गर्न थालिएको हो।मुस्ताङबाट शुक्रबारदेखि भेडाच्याङ्ग्रा निकासी शुरु भएको जनाइएको छ।
