६ असोज । रामेछापमा यात्रुबाहक बस दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् । ज्यान गुमाउनेहरुमामा रामेछाप नगरपालिका-८ का दिपक श्रेष्ठ, रामेछाप नगरपालिका-६ की २५ बर्षीया उमा बस्नेत र ठेगाना नखुलेकी बालकुमारी बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिए ।
रामेछापको रामेछाप नगरपालिका-८ सानुवारीबाट काठमाण्डौ जान लागेको बा २ ख ६३७५ नम्बरको हिमाल तराई यातायातको बस सडकबाट करीब ३० मिटर तल खसेको हो । घाइतेहरुको सदरमुकाम मन्थलीमा रहेका विभिन्न अस्पतालमा उपचार भैरहेको बताइएको छ । घटनाको कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *