गएको वर्ष माघ १२ गते नेपालगन्ज अडिसनबाट सुरु भएको पहिलो फ्रेन्चाइज शो नेपाल आइडलको यात्रा आज कतारको सनायामा हुने ग्रान्ड फिनालेसँगै अन्त्य हुँदैछ। फाइनलमा पुगेका तीनै जना बुद्ध, निशान र प्रताप खाली हात फर्कने छैनन्, पुरस्कार पाउने छन्। तर दर्शकका भोटका आधारमा एक जनामात्र नेपाल आइडल घोषणा हुनेछ। यसका लागि एक हप्ताअघिदेखि नै भोटिङ खुला भइसकेको छ र आज नेपाली समय अनुसार साँझ ५ बजेसम्म भोटको समय तोकिएको छ। कसको सम्भावना बलियो छ त?
