पोखरा, ६ असोज । पोखरामा सम्पन्न आइटिएफ सिनियर सर्किट टु टेनिस प्रतियोगितामा एकल तर्फका सबै उपाधीहरु भारतिय खेलाडीहरुले जितेका छन् ।

अन्र्तगत ३५ वर्ष माथिको एकलतर्फको उपाधी भारतका कमलेश शुक्लाले जितेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा भारतकै दिलिप मोहंतीलाई ६–३, १–६ र ६–२ को कठिन सेटमा पराजित गर्दै शुक्लाले सो उपाधी जितेका हुन् ।

५५ वर्ष माथिको एकल उपाधी पनि भारतिय खेलाडीले पुनित कुमार गुप्ताले जिते । उनले एकलतर्फ फाइनल पुगेका एक मात्र नेपाली खेलाडी मनोज शम्सेर राणालाई ६–४, ४–६ र ६–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै उपाधीमाथि कब्जा जमाएका हुन् ।

त्यसैगरि ४५ वर्ष माथिको एकलतर्फको उपाधीका लागि पनि भारतकै नारायण मुर्थी कोटायाला बेङ्कटेस र बिनोद सेटबिच खेल भइरहेको छ । शुक्रबार पहिलो सेटमा चलिरहेको खेल खराब प्रकाशका कारण रोकिएको छ । खेल शनिबार बिहान खेलाइने संघ कास्कीका सदस्य प्रिति बरालले जानकारी दिइन् ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *