Home » फोटो समाचार » NRN क्युशुका संयोजक लक्ष्मण बानियाँको पहलमा एक नेपालीको उद्दार
एन आर एन क्युशु
एन आर एन क्युशु

NRN क्युशुका संयोजक लक्ष्मण बानियाँको पहलमा एक नेपालीको उद्दार

लक्ष्मण बानियाँले गरे एक नेपालीको उद्दार

सेप्टेम्बर २१ फुकुओका जापान,

लक्ष्मण बानियाँ

लक्ष्मण बानियाँ

पछिल्लो समयमा जापान नेपालिहरुका लागि उच्च शिक्षाको रोजाइको गन्तब्य बन्दै गएकोछ जसमा टोकियो पछाडी दोस्रो नम्बरमा विद्यार्थी धेरै भएको ठाउँको रुपमा फुकुओकाकै नाम आउँछ,नेपालीको चाप बढे संगै यसले पर्ने सकारात्मक र नकारात्मक असर पनि त्यही अनुसार बढ्ने रहेछ ।
केहि दिन अघि एक जना नेपालि युवा लाइ नेपाल फर्किनको लागि पनि धेरै समस्या परेपछि NRNA क्युशुका संयोजक लक्ष्मण बानियाँको पहल तथा आर्थिक सहयोगमा नेपाल फर्किने ब्यबस्था मिलेको छ ।
नेपाल फर्किने ब्यत्तिका साथीले भने अनुसार उत्त व्यत्ति बिद्यार्थी भिषामा रहेको र केहि महिना अगाढी नेपालमा गएको विनासकारी बाढीबाट उनको परिवार बिचलित भएपछी आँफु जापान आउँदाको पैसा पनि तिर्न बाँकि रहेको चोट सहन नसकी मानसिक सन्तुलन गुमाए जस्तै भइ स्कुल जान पनि छोडेको र काम पनि नगरी साथीको कोठामा बसेको त्यति बेला सम्म उनको स्कुलको भिषा बाँकी रहेको र भिषा सकिन लाग्दै गर्दा उनी नेपाल फर्कन चाहेको यसका लागि टिकट किन्ने पैसा समेत नभएको कुरा जानकारीमा आएकोछ।यस्तो अवस्थामा टोकियोमा रहेको नेपालि राजदुताबासले पनि केहि सहयोग नगरेपछि एक कान दुइकान गर्दै यो कुरा NRNA क्युशुका संयोजक लक्ष्मण बानियाँको कानमा पुग्यो र उनकै पहलमा म्याग्देली ओभरसियज नेपाली अर्गनाइजेसनको सचिन श्रेष्ठको नेतृत्वमा उक्त संगठन सँग  छलफल गरि टिकट र केहि पैसा समेत जुटाएर नेपाल जाने वातावरण मिलाइदिएका छन् ।
अहिले एक जना यस्ता ब्यत्ति भेटिएपनि यस्तो समस्या अरुलाई नपर्ला भन्न सकिन्न प्रकृतिको विनाश लाइ कसैले रोक्न सक्दैन तर यसबाट पिडितहरुको घाउमा थोरै मात्र भएपनि मलम लगाउन सके आत्मसन्तुस्टी मिल्ने कुरा fukuokanepal.news लाइ बानियाँले जानकारी दिए ।

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

ओखलढुंगामा बम प्रहार

ओखलढुंगा, २ मंसिर। वाम गठबन्धन र नेपाली कांग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस ...