ओगोरीमा २४ तारीक दशैं कार्यक्रम हुँदै
२० सेप्टेम्बर फुकुओका जापान,
नेपालीहरुको महान पर्ब विजया दशमी नजिकिंदै गर्दा देश तथा विदेशमा विभिन्न खाले कार्यक्रमहरु हुने गर्छन यसै क्रममा फुकुओकाको ओगोरीमा पनि यही सेप्टेम्बर २४ तारीक दशैँ विशेष कार्यक्रम हुने भएको छ ।
विदेशमा रहेर पनि नेपाली नेपाली बीच एक आपसमा शुभकामना आदान प्रदान गर्दै महत्वपुर्ण चाड संगै मनाउँ भन्ने उद्देश्यका साथ यो कार्यक्रम गर्न लागिएको कुरा ह्याप्पी करी हाउसका संचालक आभास प्रताप विवशले जानकारी दिनुभयो ।
तानाबाता हलमा साँझ ६ बजेबाट शुरु हुने कार्यक्रममा फुकुओकाका चर्चित कलाकारहरु पुरुषोत्तम सिग्देल,माधव सिग्देल र दिलेन्द्र जोशी को जोडदार प्रस्तुति रहनेछ भने कुशल बाँसुरी बाधक सन्तोष परियारले दशैं मंगल धुन संगै चर्चित गीतहरुमा बाँसुरीको धुन सुनाएर सबैलाई रमाइलो गराउनेछन त्यसका साथै अन्य विभिन्न साँस्कृतिक कार्यक्रमहरु पनि रहनेछन ।
उत्त कार्यक्रमलाई ह्याप्पी करी हाउस,सस्तो बजार,जापान मनी एक्सप्रेस र सिटी एक्सप्रेसले स्पोन्सर गरेका छन् ।
यसपाली फुकुओकामा दशैं सम्बन्धि अन्य कार्यक्रम नभएकोले सम्पूर्णलाई उपस्थित भएर संगै दशैं मनाउनको लागि पनि आयोजकले हार्दिक अनुरोध गरेको छ ।
अन्य जानकारीको लागि निम्न नाम र नम्बरमा सम्पर्क गर्नुहुन पनि आयोजकले अनुरोध गरेकोछ
आवास प्रताप विबस:-09094736760
विजय राउत:-08091063663
स्मरण रहोस टिकट दर 2000 यन रहेको छ भने खानाको पनि सुबिधा रहेकोछ साथै टिकट ह्याप्पी करी हाउस र सस्तो बजारमा उपलब्ध रहेको कुरा fukuokanepal.news लाइ आभास प्रताप विवशले जानकारी दिनुभयो ।