पोखरा, असोज २ । पछिल्लो समयका निकै चर्चामा रहेका गायक सुनिल परियारको अभिनयमा रहेको गीत के के हुन्छ के के भर्खर मात्र युट्युवमा सार्बजनिक भयको छ । पछिल्लो समयमा उनि गायनमा मात्रै नभएर मोडलिंग पाटोमा पनि अघि बढदैछन । एउटा सफल कलाकार बन्नको लागि हरेक विधामा आफुलाई चिनाउनुपर्छ भन्ने उनको मान्यता रहेको छ । उनले आफूभन्दा धेरै अग्रज कलाकारहरु पनि गायनसँगै मोडलिंगमा जमेको देख्दा पर्दा पछाडी भन्दा पनि पर्दा अगाडी आएपछी अझ बढी गीतसंगीतमा निरन्तारता दिन सकिने बताउछन । सुनिल भन्छन् — कलाकारिता क्षेत्रमा अघि बढ्नको लागि संघर्स गर्न आवस्यक छ । जसले मेहेनत, दुःख अनि परिश्रम गर्छ उसको कलाकारिता क्षेत्रमा भविस्य राम्रो छ । उनले आफूभन्दा पछाडिका नव आगन्तुक कलाकार मित्रहरुलाई पनि साधना गरेर आउन सुझाब दिएका छन् । अग्रज गायक एवम मोडल रामजी खाँडको प्रतिभा देखेर मोहित हुने परियार सबै पुराना कलाकारहरुलाई उत्तिकै सम्मान गर्दछन ।

सागर कुवँर, सुनिल कुवँर र कालिका रोकाको आवाजमा रहेको गीतमा लय–शब्द सृजना रमेस परियारको रहेको छ । त्यस्तै निर्देसक एकिन्द्र सारा शंकरले निर्देशन गरेको गीतमा करण चैसिरले छायङ्कन गरेका छन् भने सम्पादन अमर शाक्यले गरेका छन् । अभिनयमा भने सुनिललाई सुनिता कुवँरले साथ दिएकी छन् । यस गीतलाई हिम सम्झौता डिजिटल प्रा.लि.ले डिजिटल बजारमा ल्याएको छ ।
हेरौ उक्त गीतको म्युजिक भिडियो :

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *