Home » समाचार » एनआरएन-NRN » भवन भट्टले अध्यक्षका लागि उम्मेदवारी
भवन भट्टले
भवन भट्ट

भवन भट्टले अध्यक्षका लागि उम्मेदवारी

१७ सेप्टेम्बर फुकुओका जापान,

भवन भट्ट

भवन भट्ट

गैर आवासीय नेपाली संघ(एनआरएन) को अध्यक्षका लागि भवन भट्टले उम्मेदवारी घोषणा गर्नुभएको छ । आज जापानको राजधानी टोकियोमा पत्रकार सम्मेलनमार्फत भट्टले आगामी कार्यकालका लागि एनआरएनको अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
हाल शेष घले नेतृत्वको कार्यसमितिमा उपाध्यक्ष रहनु भएका भट्टले आफूले एनआरएन राम्ररी बुझेको भन्दै नेतृत्व गर्ने अवसर प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले लाप्राक नमुना वस्ती, एनआरएन भवन निर्माण, भिजन ट्

न्टी-ट्वान्टी एण्ड वियोन्ड, सामुहिक लगानीका परियोजना निर्माण लगायतका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभएको छ ।
साथै एनआरएनएमा आवद्ध बैदेशिक रोजगारीमा रहेका नेपालीको बीमा गर्ने, स्टार्टअप फन्डको व्यवस्था गर्ने, स्मार्ट एनआरएन बनाउने उहाँको नयाँ एजेण्डा छ ।

टीबीआई ग्रुपका प्रमुखसमेत रहनुभएका भट्टको नेपालमा हवाई उड्यन, संचार तथा पूर्वाधार विकास निर्माणमा लगानी रहेको छ । यही असोज २८ देखि ३१ गते काठमाडौंमा एनआरएनएको आठौ विश्व सम्मेलन हुंदैछ । सम्मेलनले आगामी दुई वर्षका लागि एनआरएनएको नयाँ नेतृत्व चयन गर्नेछ ।

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

विवाह जीवनका लागि एउटा काँडा हो:अन्जु पन्त

काठमाडौँ,२ मंसिर । ६ हजार बढी गीतमा स्वर दिएकी अन्जु पन्तलाई लाग्छ ७० प्रतिशत गीतमा ...