नेपालमा घुम्न निस्केका एकजना ब्रिटिश पर्यटकले नेपाली महिलाबाट दुर्व्यवहार खेप्नु परेको छ । केही कप चियाको मूल्यमा भएको सानो विवादमा नेपाली महिलाले ती ब्रिटिश पर्यटकमाथि ढुंगा र लाठो बर्साएको समाचार र भिडियो विश्वभरका ठुला मिडियामा भाइरल भइरहेको छ ।
अन्नपूर्ण पदयात्रा क्षेत्रमा पुगेका ब्रिटिश आमा छोरामाथि दाउरा बालेर चलाउने एउटा होटलकी साहुनी कुटपिट गर्न खोज्दै लखेटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ब्रिटिश महिला ३५ वर्षीया जेम्मा र १५ वर्षीय छोरो चार्ली बेटेले चिया खाइसकेपछि पैसा तिर्ने क्रममा महँगो भयो भनेपछि विवाद भएको बताइन्छ । त्यसपछि ती महिलाले दुवैजनालार्इ लाठो बोकेर लखेटेको भिडियोमा देख्न सकिन्छ । हेर्नुहोस भिडियो :