समुन्द्र राज पौडेलको दशैँ तिहार विशेष गित
१६ सेप्टेम्बर फुकुओका जापान,
युवा गायक समुन्द्र राज पौडेलको दशैँ तिहार विशेष लोक गीत “ग़रीब”बजारमा आएको छ । मेघराज सापकोटाका शब्द तथा रामु खडकाको संगीत रहेको गीतमा आशा खड़का र बिपेश घिमिरेको अभिनय रहेको छ ।
सानै उमेरदेखि गायनमा सक्रिय समुद्र राजको यो सातौँ रेकर्डेड गित हो । उनि खासगरी लोकगीत र लोकदोहोरी गायन एवम् शब्द संकलनमा कृयाशील छन् । विगत केहि वर्षदेखि जापानमा रहेका उनि लोकगीतसंगीतका श्रोता/दर्शकहरु माझ एक परिचित र प्रिय पात्र हुन् । जापानमा खुलेका दोहोरी साँझहरु होस् या अन्य कुनै मनोरञ्जनात्मक कार्यक्रम हरेक ठाउँका नेपाली समुदायमा समुद्र राज को आवज परिचित छ ।
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।