Home » समाचार » ओहाशी ग्रुपको दोस्रो दशैं कप सेप्टेम्बर १७ मा
ओहाशी
ओहाशी

ओहाशी ग्रुपको दोस्रो दशैं कप सेप्टेम्बर १७ मा

सेप्टेम्बर १४ फुकुओका जापान,

ओहाशी

ओहाशी ग्रुपको दोस्रो दशैं कप

आउंदै गरेको विजया दशमी २०७४ लाइ लक्षित गर्दै ओहाशी ग्रुप फुकुओका जापानले दोस्रो दशैं कप फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ, यही सेप्टेम्बर १७ तारिक PENASTA मा आयोजना हुन लागेको फुटसल प्रतियोगितामा जम्मा २० टिमले भाग लिने कुरा आयोजकले जानकारी गराएको छ ।
पछिल्लो समयमा फुकुओकामा फुटसल निकै महत्वका साथ हेरिएको छ युवा जमात अलि बढीनै भएरपनि होला दशैंको नजिकै हुन लागेको यो टुर्नामेन्टमा धेरै भन्दा धेरैको उपस्थिति रहने कुरा पनि आयोजकले बताएको छ,यही टुर्नामेन्टका लागि भनेर टोक्यो,ओशाका लगायतका ठाउंहरुबाट पनि खेलाडीको टिम आउने कुरा पनि जानकारीमा आएको छ ।
उत्त खेलका लागि इन्ट्री फि प्रति टिम ३५,०००  यन रहेकोछ । सेकेन्ड दशैं कप विजेताले ३००,००० यन नगद,ट्रफी र सिङ्गै खशी पाउनेछ भने रनर अपले १५०,००० यन नगद र ट्रफी पाउनेछ ।
यसपालिको खेल भने प्राय हुने ठाउँमा नभई अलि फरक ठाउँमा गर्न लागिएकोले नझुक्किनु हुन पनि आयोजकले अनुरोध गरेकोछ ।
यसपालिको खेल हुने ठाउँ :-
FUKUOKA SHI HAKATA KU ISODA 2 -3-3 रहेको छ|
दोस्रो दशैं कपलाई बुद्ध रेस्टुरेन्ट,मनकामना रेस्टुरेन्ट,बज्र रेस्टुरेन्ट र D&B ले स्पोन्सर गरिदिएको कुरा संदेश केसी ले fukuokanepal.news लाइ जानकारी दिनुभयो ।

अन्य जानकारीका लागि निम्न ब्यत्ति र नम्बरमा सम्पर्क गर्न पनि आयोजकले जानकारी दिएकोछ ।
सन्तोष गुरुङ:-080-6411-5049
सन्देश केसी:-080-8666-8911
निरज श्रेष्ठ :-090-8629-8865
शो गुरुङ :-080-4699-2055
*स्मरण रहोस पहिले पहिलेको भन्दा दशैं कप हुने स्थान फरक रहेको छ ।

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

विवाह जीवनका लागि एउटा काँडा हो:अन्जु पन्त

काठमाडौँ,२ मंसिर । ६ हजार बढी गीतमा स्वर दिएकी अन्जु पन्तलाई लाग्छ ७० प्रतिशत गीतमा ...