बहुलाको म्युजिक भिडियो पुनर्निर्माण
सेप्टेम्बर ९, फुकुओका जापान,
बहुप्रतिभाशाली गायक तथा संगीतकार रमेश राज भट्टराई ले केहि समय अगाडी बजारमा ल्याएको बहुला नामक गीतको भिडियो पुनर्निमाण गरेका छन
यो गीतले जति चर्चा पाएको थियो त्यति भिडियो राम्रो नभएको गुनासो दर्शक श्रोताबाट आएपछि दर्शक श्रोताको सुझाब सल्लाहलाइ आत्मसाथ गर्दै भट्टराईले भिडियोलाई पुनर्निर्माण गरेका हुन्
रमेश राज भट्टराईका अहिलेसम्मका धेरै गित चर्चित छन् ,रमेशका गित सुनेको भएपनि उनैको गित हो भनेर नचिन्ने दर्सक श्रोता पनि रहेको उनि बाताउँछन्, तर पछिल्लो समयमा आएका गीतहरुले भने उनको चर्चाको उचाइलाई अझ माथि पुर्याएको छ त्यसमाथि पनि बहुला गीतले अझ धेरै चिनाएको उनि बताउंछन्
आजभोलि देश भित्रका कार्यक्रम होस् या देश बाहिरका कार्यक्रम उनि स्टेजमा चडीसकेपछि पहिलेनै बहुला गीतको हुटिङ्ग आउने गरेको उनि बताउँछन् ।
अडियो म्युजिक मार्फत युटूबमा सार्बजनिक भएको बहुला गीतको नयाँ म्युजिक भिडियोमा दुर्गेश,जीवन,राज र निशाको अभिनय रहेकोछ भने शब्द,संगीत,स्वर सबै भट्टराइकै रहेको छ,उत्त म्युजिक भिडियोलाई क्रान्ति केसीले निर्देशन र सम्पादन गरेका छन् भने अर्जुन तिवारीले छयांकन गरेका हुन्।
हेरौं नयाँ म्युजिक भिडियो यस्तो रहेकोछ ।