पोखरा, २३ भदौ । पोखरा उद्योग वाणिज्य संघले संचालनमा ल्याएको पोखरा बाढी पीडित राहत कोषमा कालिका बहुमुखी क्याम्पस रामबजारबाट ३५ हजार १ सय ३८ रुपैयाँ प्राप्त भएको छ । कालिका क्याम्पसको विद्यार्थी कल्याण समिति तथा क्याम्पस संचालक समिति र प्रशासनबाट सो रकम संकलन गरिएको हो । विद्यार्थीहरु अमृता बराल, प्रकाश शर्मा र नवराज दाहालको विशेष पहलमा सो रकम संकलन भएको हो । हालसम्म सो कोषमा १२ लाख ४२ हजार ४ सय ८६ रुपैयाँ संकलन भएको छ ।

बाढी र पहिरोबाट सिङ्गो देश प्रभावित बनेका बेला आफ्नो दायित्ववोध मनन गर्दैै पोखरा उद्योग वाणिज्य संघले साउन ३० गते बाढी पहिरो पीडितहरुको सहयोगार्थ ‘पोखरा बाढी पीडित राहत कोष ’स्थापनाको निर्णय गरेको थियो । राहत संकलनको यो अभियानमा पोखरामै रहेको रेडियो अन्नपूर्ण, समाधान राष्ट्रिय दैनिक तथा गण्डकी टेलिभिजनले समेत सहकार्य गरेका छन् ।

सो कोषमार्फत सहयोग गर्न चाहनेहरुलाई ओम डेभलपमेण्ट बैंकको खाता नम्बर १८०००० मा जम्मा गरी भौचरको प्रतिलिपी संघको सचिवालयमा पठाउन वा पोखरा उद्योग वाणिज्य संघको सचिवालयसहित रेडियो अन्नपूर्ण, समाधान राष्ट्रिय दैनिक तथा गण्डकी टेलिभिजनको कार्यालयमा सोझै प्रदान गर्न सकिने पोखरा उद्योग वाणिज्य संघले जनाएको छ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *