Home » 2017 » September » 07

Daily Archives: 2017-09-07

बाल आहार बनाउन अनुसन्धान शुरु

ललितपुर, २२ भदौ । लट्टे, जुनेलो, चिनोकागनो (कोदोको एउटा प्रजाति) लगायतबाट बाल आहार बनाउने अनुसन्धान शुरु भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको खाद्य अनुसन्धान महाशाखाले यसै वर्षबाट अनुसन्धान शुरु गरेको हो । उच्च पहाडी क्षेत्रमा फल्ने यी अन्न स्वास्थ्यका हिसाबले फाइदाजनक हुने महाशाखाका प्रमुख रोमन कार्की बताउनुहुन्छ । उहाँले भन्नुभयो, “खाद्य सुरक्षा र पोषण सुरक्षा दुवैका हिसाबले ...

Read More »

लगानीको सम्भावना खोज्दै चिनियाहरु

पोखरा, २२ भदौ । मित्रराष्ट्र चीनको कुन्मिनका उप प्रमुख लि जिगोङले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पछिका लगानीका सम्भावनाहरुबारे आफूहरुले अध्ययन गरिरहेको बताउनुभएको छ । उहाँको नेतृत्वमा रहेको प्रतिनिधीमण्डलको सम्मानमा पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले विमानस्थल निर्माणपछि यहाँको पूर्वाधारको क्षेत्रमा आवश्यक पर्ने लगानी गर्न चिनियाहरु तयार रहेको समेत जानकारी दिनुभयो । ‘विमानस्थल बनेपछि कुन्मिनबाट पोखराको हवाई ...

Read More »

भूकम्पपीडितको राहत गोदाममा कुहियो

नुवाकोट, २२ भदौ । नुवाकोटका भूकम्पपीडितलाई वितरण गर्न ल्याएको खाद्यान्न तथा बन्दोबस्तीका सामग्री कुहिएको छ । भूकम्पपीडितलाई वितरण गर्न जिल्ला ल्याएर लामो समयसम्म थन्काउँदा खाद्य सामग्री कुहिएका छन् भने बन्दोबस्तीका सामग्री प्रयोग गर्न नमिल्ने भएको छ । नुवाकोट उद्योग वाणिज्य सङ्घको इलम प्रशिक्षण केन्द्रस्थित चिसो भुइँमा भण्डारण गरिएको चामल, दाल, बिस्कुटलगायतका खाद्यान्न म्याद गुज्रिएर खान अयोग्य भएर गन्हाउन थालेको उद्योग ...

Read More »

बाढीपीडित बालबालिकालाई विद्यालय पोशाक वितरण

समाचारपाटी, इटहरी, २२ भदौ । बाढीका कारण समस्यामा परेका इटहरी उपमहानगरकास्थित मनमोहन आधारभूत प्रथामिक विद्यालयका १५२ विद्यार्थीमध्ये १३५ जनालाई आज विद्यालय पोशाक वितरण गरिएको छ । कोशी अञ्चल इँट्टा व्यवसायी सङ्घले बुढीगंगा नदीको बाढी पसेर घरबार सहित जायजेथा गुमाएर शिविरमा बसेका बालबालिकालाई पोशाक प्रदान गरिएको हो । पीडित बालबालिकामध्ये १३५ जना विपन्न गरिब तथा सीमान्तकृत वर्गका बालबालिकालाई रू एक लाख ...

Read More »

निःशुल्क पाइने औषधिको अभाव

समाचारपाटी, नुवाकोट, २२ भदौ । नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको बिरामीका लागि अति आवश्यक औषधि नुुवाकोटको स्वास्थ्य संस्थामा अभाव भएको छ । स्वास्थ्य मन्त्रालय र क्षेत्रीय स्वास्थ्य कार्यालयबाट गएको वर्ष मागअनुसारको बजेट र औषधि नपठाएको र यस वर्ष पनि ढिलाइ गरेपछि बिरामीलाई निःशुल्क उपलब्ध गराइने औषधि विभिन्न स्वास्थ्य चौकीमा अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले जानकारी दिनुभयो ...

Read More »