समाचारपाटी, पोखरा, २१ भदौ । कास्की जिल्ला स्काउटले बाढीपीडितलाई राहत वितरण गरेको छ । नवप्रभात ओपन क्रियुका पूर्व सिनियर टिममेट तथा स्काउट मास्टर श्याम गिरीको संयोजकत्वमा संकलन गरिएको राहत मोरङ, विराटनगरमा वितरण गरिएको हो ।
कास्कीका विभिन्न स्काउट आवद्ध विद्यालय, संघसंस्था तथा व्यक्तिबाट संकलित रकम मोरङका विद्यालयका विद्यार्थीलाई राहत वितरण गरिएको हो । विराटनगरमा सिद्धकाली प्राविका प्रअ देवनारायण मण्डल, जनता प्राविका प्रअ इन्दु पोख्रेल, शिव प्राविका प्रअ जगतनाथ तामट र परोपकार प्राविका प्रअको सहयोगमा ती विद्यालयका विद्यार्थीलाई राहत वितरण गरिएको संयोजक श्याम गिरीले जानकारी दिए ।
राहत संकलनमा पोलेमनपा ९ का अध्यक्ष राजेन्द्र पहारी, समाजसेवी उमा ठकुरी, दपिेन्द्र मर्सानी, नव प्रभात पूर्व विद्यार्थी युनियन, नोबल स्काउट ट्रुप, नव प्रभात स्काउट ट्रुप, थ्री एन्जल स्काउट ट्रुप, महेन्द्र स्काउट ट्रुप, नवीन स्काउट ट्रुप, विन्ध्यवासिनी स्काउट ट्रुप, शान्तिनिकेतन स्काउट ट्रुप, राष्ट्रिय माविले सहयोग गरेका थिए । मोरङ स्काउटका जिल्ला तालिम आयुक्त प्रदीप कुमार विश्वास, जिल्ला विपत व्यवस्थापन अध्यक्ष नवल उपाध्याय, स्काउटर कुशेश्वर रोय, उमेश कटुवालले राहत वितरणमा सहयोग गरे ।
राहत वितरण टोलीमा पोखराबाट संयोजक श्याम गिरी,रोभर सागर सापकोटा, रोभरविशाल लामिछाने, रोभरअविरल भटराई, रेन्जर प्रविना ठकुरी, समापराजुली, कविता आचार्य संलग्न थिए । राहत वितरणमा प्रति विद्यार्थी ४ थान कापी, ३ थानपेनसिल, १ थान ज्योमेट्रीबक्स, १ कटर, १ इरेजर र पानी पिउने बोत्तल वितरण गरिएको संयोजक गिरीले बताए ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *