लोक तथा दोहोरी गित प्रतिष्ठानको जापान शाखा गठन हुने

सेप्टेम्बर ६
फुकुओका जापान,

भनिन्छ सङ्गितको कुनै निश्चित क्षेत्र हुँदैन । हिमाल, पहाड, तराइको जुनसुकै ठाउमा होस अथवा देशभन्दा बाहिर भएको अवस्थामा होस मानिस सङ्गितबाट टाढा भएर बस्न सक्दैन । व्यक्तिपिच्छे आफुलाई मनपर्ने क्षेत्र फरक फरक भएपनी साङ्गितिक माहोलबाट कोहिपनी टाढा जान सक्दैन । लोक,आधुनिक, पप, रक, चलचित्र अथवा विदेशी गितहरु सुनेर हेरेर अथवा सिर्जना गरेर रमाउनेहरु धेरै छन । सबैभन्दा बढी सुनिने अनि हेरिने लोकसङ्गित प्रेमिहरुको सङ्ख्या बढेसङ्गै नयाँ कलाकारहरुको पनि उपस्थिती बढेको छ । जापानमा रहेर लोकसङ्गित सङ्ग सम्बन्धित भएर काम गरेका नयाँ र पुराना कलाकारहरु एकजुट हुन कसरत गरिरहेका छन् ।

छिट्टै जापानमा लोक तथा दोहोरी गित प्रतिष्ठानको वैदेशिक शाखा गठन हुनेभएको हो ।जापानमा रहेर नेपाली लोक तथा दोहोरीगीत संग संवद्ध संगितकर्मीहरु पहिलो पटक संगठित हुँने भएका छन। यहि सेक्टेम्बर १० तारीक आईतबार कलाकारहरुको भेला गरि नेपाल राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल संग आबद्ध रहेर संगठित हुने कलाकारहरुले जानकारी दिएका छन। नेपाली गित संगितको आकासमा निकै चम्किला, पुराना र नयाँ कलाकार देखी भर्खरै बामे सरिरहेका नयाँ पुस्ताका कलाकारहरु सबैलाई एउटै छाताभित्र राखि अग्रजको अनुभव र नयाँ पुस्ताको जोसलाई नेपाली गित संगित संरक्षण र प्रबर्धनका निम्ती आवश्यक रहेको भन्दै बिगत २-३ वर्षहरुबाटै केहि अग्रज कलाकारहरुले पहल गर्दै आएका थिए।

प्रतिष्ठान केन्द्र संग सम्पुर्ण समन्वय गरिसकिएको र संस्थाको बिधान अनुसार प्रथम भेलाबाट तदर्थ समीती गठन गरिने जानकारी पनी दिएका छन। कामता स्थित खुशी बजारमा आयोजना गर्न लागिएको भेलामा सम्पुर्ण लोक तथा दोहोरीगीतसंग सम्बन्धित गायक, गायिका,गितकार, संगितकार, भिडियो निर्देशक, मोडल लगाएतका सबै कलाकारहरुलाई उपस्थितिको लागी आग्रह गरीएको छ।
थप जानकारीका लागी: –
गायक युबराज आचार्य-080-4610-3075
गायक रामकृष्णबम मल्ल-080-3698-1484
गायक सुर्य खड्का-080-4674-3670
गितकार नारायण कंडेल-080-3543-3879

स्मरण रहोस जापानको सबै क्षेत्रमा बस्ने लोक गित संगीतप्रेमी कलाकारहरुलाई समेटेर प्रतिष्ठान गठन हुनेछ ।

fukuokanepal.news 2017-09-06

,
Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *