समाचारपाटी, पोखरा, २० भदौ । पोखरा लेखनाथ १० मा रहेको कुँडहर आधारभूत स्कुलमा १० हजार लिटर क्षमताको खानेपानी ट्याङकी निर्माण गरिएको छ । लायन्स क्लब अफ पोखरा ग्रीन टाउनले ‘स्विस टेक्नोलोजी’मा निर्माण गरेको उक्त ट्याङकी मंगलबार एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको क्लबका संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक विधाता द्वाले जानकारी दिइन् ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले स्कुल व्यबस्थापन समितिलाई ट्याङकी हस्तान्तरण गरेका हुन् । सामाजिक भावनाका साथ ग्रिन टाउनले खानेपानी ट्याङकी निर्माण गरेको बताउँदै आचार्यले सही सदुपयोग गर्न विद्यालयलाई आग्रह गरे । ३ लाख १० हजार रुपैयाँ लागतमा ट्याङकी बनेको द्वाले जानकारी दिइन् ।
क्विन इलिजाबेथ ग्रामर स्कुल युकेको आर्थिक सहयोगमा क्लबले ट्याङकी तयार पारेको क्लबका अध्यक्ष लक्ष्मी गुरुङले बताइन् । कार्यक्रममा डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी चण्डीप्रसाद अर्याल, कोचिफ एडभाजर विश्वेश्वर आचार्य, सिनियर एडभाइजर सोनाम साङ्पो, सुचित्रा थापा, पिआरओ मदनप्रसाद द्वा, जोन चियरपर्सन सुशील कोइराला, स्कुल व्यवस्थापन समिति अध्यक्ष मैना गुरुङ लगायत सहभागी रहेको सचिव कबिता गुरुङले जानकारी दिइन् ।