Home » समाचार » ट्रकको ठक्करबाट एकको मृत्यु

ट्रकको ठक्करबाट एकको मृत्यु

फोटो फीचर

समाचारपाटी, दमक, २० भदौ । ट्रकको ठक्करबाट आज  एक जना मजदुरको मृत्यु भएको छ ।

झापा दमक नगरपालिका –१ दुरसञ्चार कार्यालय नजिकै ना४ख १७२९ नं को ट्रकको ठक्करबाट सोही ट्रकका सहचालक झापा शनिश्चरे बस्ने २५ वर्षीय रुपेश गुरुङको आज दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि स्थानीय लाइफलाइन अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो ।

ट्रकका चालक झापा, गोलधाप–७ बस्ने ३३ वर्षीय मनकुमार मोक्तानलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

‘चुनाव बिथोल्नको लागि जताततै बम फेला पर्न थालेको छ

सिन्धुपाल्चोक, २ मंसिर  । जिल्लाभर चुनावी सरगर्मी तातेसँगै निर्वाचन क्षेत्र न २ मा जताततै बम फेला ...