Home » भिडियो समाचार » सिएलएस सुनिल श्रेष्ठको र्याप गीत बजारमा
सिएलएस
सिएलएस सुनिल श्रेष्ठको र्याप गीत बजारमा

सिएलएस सुनिल श्रेष्ठको र्याप गीत बजारमा

फुकुओका,जापान सेप्टेम्वर ५

समयको बदलिदो परिवेश संगै गीत संगीतले पनि नया मोड लिन थालेको छ।नेपाली सांगीतिक क्षेत्रमा र्याप गीतको माग सगै नया गीतहरु पनि बजारमा आइरहेको छ । वेस्टर्न सस्कारको गीत भए पनि हिजोआज नेपाली सांगीतिक क्षेत्रमा विकास हुदै गैरहेको छ । र्याप गीत अहिलेको युवा पुस्ताको लागि निकै चर्चामा छ । हुन त यो नयापनको सुरुवात पनि गरेको छ जसले सबैलाई नया स्वाद दिएको छ । नेपालमा धेरै र्याप गायकहरु स्थापित रहेको देखिन्छ । तर नया प्रतिभाको आगमन पनि रोकिएको छैन । यस्तै नया प्रतिभाको भिड मध्यको एक हो सिएलएस सुनिल श्रेष्ठ । उनि र्याप गायक मात्रै नभएर रचनाकार पनि हुन् । उनले लेखेको र र्याप गरेको एउटा गीत भर्खरै मात्र सार्वजनिक भएको छ । “लजाएर मुस्कुराउने” बोलको गीतमा सिएलएस सुनिल श्रेष्ठको शब्द रहेको छ भने गीतमा अल्बिन थापा मगर र सिएलएस सुनिल श्रेष्ठको स्वर समावेश रहेको छ । यस्तै गीतमा प्रकाश नेपालीको संगीत रहेको छ ।

सिएलएस सुनिल श्रेष्ठको र्याप गीत बजारमा

सिएलएस सुनिल श्रेष्ठको र्याप गीत बजारमा

गीतको म्युजिक भिडियो निकै राम्रो छ । विक्रम कार्कीको छायांकन र अनिल राना मगरको निर्देशनमा तयार भएको भिडियोमा अदीप र रक्षाले निकै नै सुन्दर अभिनय गरेका छन् । उनीहरु संगै अभिनयमा सोमिया श्रेष्ठ पनि देखिएकी छिन् । भिडियोको सम्पादन गर्ने काम भने संगीत श्रेष्ठले गरेका छन् । भिडियो केहि फरक बनेको छ नया र पुरानो कलाकार बीचको मिश्रणले पनि भिडियोलाई केहि नयापनको हिसाबले देखाएको छ । गीत यत्तिकै पनि सुमधुर छ त्यसमा सिएलएस सुनिल श्रेष्ठको र्यापले गीतमा नयापन थपेको छ । यति बेला उनको र्यापको सबैले प्रशंसा गरिरहेको देखिन्छ ।

सलिन स्वभाबका धनि इमान्दार र मिलनसार , मेहेनती गायकको रुपमा सिएलएस सुनिल श्रेष्ठ गनिन्छन । सानै देखि गीत संगीतमा इच्छा राखेका उनले नेपाली गीत संगीतमा भने करिव ४ बर्ष अगाडी देखि पाईला राखे । सबैभन्दा केहि फरक भएर अगाडी आउने चाहनाले नै आफुले र्याप गायकको बाटो रोजेको उनको भनाई रहेको छ ।

४ बर्षको अवधिमा उनले धेरै मेहेनत र परिश्रम गरेका छन् ।जापानमा नेपाली गायकहरु भए पनि उनि अरु भन्दा बिल्कुलै फरक विधाका गायक हुन्।जापानमा हुने हरेक कार्यक्रम सहभागी भएर उनि गीत संगीत र सांस्कृतिक कार्यक्रमहरुमा धेरै नै सक्रिय रहेका छन् । जापानमा हुने अधिकांश कार्यक्रममा उनको उपस्थिति भई मनोरंजन दिने गर्दछन । स्टेजमा उनको पर्फमेन्सले धेरैको मन छुने गर्दछ । उनको प्रस्तुतिले धेरैको दुख भुलाउने काम गरेको छ । गीत संगीतको बिषयमा बोल्दै उनले अब अगाडी नेपाली गीत संगीतमा नै मेहेनत गर्ने र अगाडी बढ्ने प्रयास गर्ने उनले बताए ।

उनि यति बेला अर्को नया गीतको तयारीमा ब्यस्त रहेका छन् । अबको नया गीत अझै बढी पृथक र राम्रो हुनेछ उनले भने । दर्शक श्रोताहरुको चाहना आफुले बुझिसकेको र त्यस्तै खालको गीत संगीत प्रदान गर्ने प्रयासमा आफु लागिपरेको उनको भनाई रहेको छ । आफु जति पनि मेहेनत गर्न तयार रहेको र राम्रो कुरा बाहिर निकाल्ने हरदम प्रयास गर्ने कुरा समेत उनले बताए । दर्शकहरुको सुझाब र सल्लाहलाई आत्मसाथ गर्दै नया नया गीतहरु रचना गर्दै जाने कुरा ब्यक्त गरे । भर्खरै बजारमा आएको “लजाएर मुस्कुराउने” बोलको गीत हेरेर लाईक शेयर गर्न दर्शकहरुलाई आग्रह गरे ।

 

भिडियो

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

बिष्णु माझीले माफी मागेको भिडियो सार्वजनिक हेर्नुहेस भिडियो

बिष्णु माझीको बिभिन्न खबरहरु बाहिरीरहँदा पुनः अर्को भिडियो सार्वजनिक भएको छ । जुन भिडियोमा माझीले ...