Home » कार्यक्रम » नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब द्वारा बाढी पिडितलाई सहयोग
नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब द्वारा बाढी पिदिलाई सहयोग
नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब द्वारा बाढी पिडितलाई सहयोग

नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब द्वारा बाढी पिडितलाई सहयोग

नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब द्वारा बाढी पिडितलाई सहयोग

फुकुओका,जापान
सेप्टेम्वर ५

लायन्स क्लव इन्टरनेशनल ३२५ ए २ अन्तर्गत नेपाल–जापान फ्रेन्ड्ससिप लायन्स क्लव, फुकुओका  जापानको सहयोगमा चितवनको कालिका नगरपालिका वडा नं. ६ सगनुटोल स्थित श्री आधारभूत विद्यालय रेडक्रसग्राममा अध्ययनरत बाढीपिडित विद्यार्थीहरुलाई स्टेशनरी सहयोग गरिएको छ । गत श्रावण २९ गतेको बाढीबाट पिडित विद्यार्थीहरुलाई कापी, कलम, पेन्सिल, इरेजर सहयोग गरिएको हो ।

नेपालबाट अध्ययनको शिलसिलामा जापान पुगेका नेपालीहरुले स्थापना गरेको सो क्लवका सदस्यहरुबाट रकम संकलन गरी स्टेशनरी सहयोग उपलब्ध गराएको क्लवका प्रथम उपाध्यक्ष दिलिप लामिछानेले बताए । आज विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई सो स्टेशनरी सहयोग गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव अफ चितवन कालिकाका प्रथम उपाध्यक्ष शिशिर सिंखडा, विशिष्ट अतिथि कालिका नगरपालिका वडा नं. ६ का महिला वडा सदस्य दुर्गा सुवेदी, विद्यालयका प्रधानाध्यापक नन्दलाल लामिछाने, नेपाल–जापान फ्रेन्ड्ससिप लायन्स क्लव, फुकुओका (क्युशु) जापानका प्रथम उपाध्यक्ष दिलिप लामिछाने लगायतले संयुक्त रुपमा विद्यार्थीहरुलाई सो स्टेशनरी हस्तान्तरण गरेका थिए ।

क्लवका सहसचिव विक्रम कोइरालाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम क्लवका प्रथम उपाध्यक्ष दिलिप लामिछानेको अध्यक्षतामा भएको थियो । कार्यक्रमका वक्ताहरुले लायन्स क्लवले समाजमा पुर्याएका सामाजिक योगदानको चर्चा गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लव अफ चितवन कालिकाका प्रथम उपाध्यक्ष शिशिर सिंखडा, विशिष्ट अतिथि कालिका नगरपालिका वडा नं. ६ का महिला वडा सदस्य दुर्गा सुवेदी, विद्यालयका प्रधानाध्यापक नन्दलाल लामिछाने, विद्यालयका शिक्षक दिपक लामिछाने, विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष बुद्धीप्रसाद पोख्रेल लगायतले मन्तव्य व्यक्त गरेका थिए।

Image may contain: outdoor

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

ओखलढुंगामा बम प्रहार

ओखलढुंगा, २ मंसिर। वाम गठबन्धन र नेपाली कांग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस ...