Home » 2017 » September » 04

Daily Archives: 2017-09-04

गुनासा सुन्न प्राधिकरणले सञ्चालनमा ल्यायो ११५१ टोलफ्री नम्बर

काठमाडौँ, १९ भदौ । नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई सहज सेवा दिने लक्ष्यका साथ ११५१ नम्बरको टोलफ्री नम्बर सञ्चालनमा ल्याएको छ । ऊर्जा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री महेन्द्रबहाहुर शाहीले उक्त टोलफ्री नम्बरको उद्घाटन गर्नुभयो । ग्राहकलाई सरल र सहज सेवा उपलब्ध गराउने उद्देश्यले ऊर्जा मन्त्रालयले निःशुल्क ११५१ टेलिफोन नम्बर सञ्चालनमा ल्याएको हो । प्राधिकरणका कर्मचारीले दुःख दिए, गुनासो ...

Read More »

जिपको ठक्करबाट एकको मृत्यु, एक घाइते

कपिलवस्तु, १९ भदौ । जिपले ठक्कर दिँदा कपिलवस्तुमा आज बिहान एकजनाको ज्यान गएको छ । तौलिहवा जितपुर सडकखण्डको थुमुवा नजिक लु १ च ४५०१ नं. को जिपले पैदल यात्रीलाई ठक्कर दिँदा कपिलवस्तु नगरपालिका–६ ब्रमेली टोल निवासी ६० वर्षीय यमलाल चुदालीको ज्यान गएको हो । तौलिहवाबाट जितपुर आउँदै गरेको जिपको ठक्करबाट गम्भीर घाइते भएका चुदालीलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै ...

Read More »

विष सेवनबाट मृत्यु युवतीको घटना शंकास्पद

  दैलेख, १९ भदौ । कालीकोट जान भदौ १४ गते हिँडेकी एक युवतीको विष सेवनबाट मृत्यु भएको भनिए पनि त्यो घटनालाई शंकास्पद ठानिएको छ । युवतीसँगै ट्रक चालक तीन दिनसम्म दैलेखको खिड्कीजिउलाको आले होटलमा बसेको र १७ गते बिहानको ३ बजे उनले विष सेवन गरेको भन्दै उपचारका लागि सदरमुकाम दैलेख बजार ल्याउँदा बाटोमै मृत्यु भयो । जिप्रका दैलेखले दिएको जानकारीअनुसार ...

Read More »

आचारसंहिता नमान्नेलाई मत नदिनोस् :- आयुक्त पौडेल

पर्सा, १९ भदौ । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले नेकपा (एमाले)का एक वरिष्ठ नेताले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको स्वीकार गरेको जानकारी दिनुभएको छ । वीरगञ्जमा चुनाव प्रचारका क्रममा आचारसंहिता उल्लङ्घन भयो भनेर आयोगले मागेको स्पष्टीकरणको जवाफमा ती नेताले गल्ती स्वीकारेर पत्र नै आयोगमा पठाएको पौडेलले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालय पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आयुक्त पौडेलले दलहरुकै ...

Read More »

यस वर्ष गत वर्षको तुलनामा अदुवा उत्पादनमा वृद्धि

तेह्रथुम, १९ भदौ । यस वर्ष गत वर्षको तुलनामा अदुवा उत्पादनमा वृद्धि भएको छ । यस वर्ष जिल्लामा २६० हेक्टर जमिनमा गरिएको अदुवाखेतीबाट तीन हजार ९५२ मेट्रिक टन अदुवा उत्पादन भएको थियो । यस वर्ष गत वर्षभन्दा ६६६ मेट्रिक टन बढी अदुवा उत्पादन भएको हो । गत वर्ष तीन हजार २८६ मेट्रिक टन उत्पादन भएको थियो । परम्परागत रुपमा घरायसी ...

Read More »