लक्ष्मण बानियाँ

हामीले चुनाव बहिस्कार गरेका छैनौं NRNA जापान क्युशु संयोजक लक्ष्मण बानियाँ

सेप्टेम्बर ३
फुकुओका जापान,

NRNA जापानको आज हुन गइरहेको निर्बाचन क्युशु कार्यसमितिले बहिस्कार गरेको कुरा आएतापनि चुनाब बहिस्कार नगरिएको कुरा NRNA क्युशु संयोजक लक्ष्मण बानियाँले फुकुओका नेपाल डट न्युजलाई जानकारी दिनुभयो ।
पत्रकार सम्मेलन गरी उपाध्यक्षका उमेद्वार छत्र दाहालले निर्बाचन बहिस्कार गरेको घोषणा गरेतापनि त्यो ब्यत्तिगत भएको र सिङ्गो NRNA क्युशुले बहिस्कार नगरेको कुरा बानियाँले बताए ।
साथै आज हुन गइरहेको मतदान कार्यक्रममा कोहि कसैको कुरा नसुनिकन ढुक्क भएर मतदानमा भाग लिन सम्पूर्ण क्युशु बासीलाई बानियाँले आग्रह पनि गरेका छन् ।
हेरौं NRNA क्युशु संयोजक लक्ष्मण बानियाँले फेसबुकमा गरेको पोस्ट जस्ताको त्यस्तै

स्मरण रहोस आज दिउँसो १ बजे देखि ६ बजेसम्म मिनामी सिमिन सेन्टर ओहाशी मा NRNA जापानको आठौँ अधिवेशनका लागि मतदान हुँदैछ ।

2017-09-03 fukuokanepal.news

,
Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *