हस्त लामा 3001 मत सहित NRNA जापानको सदस्यमा विजयी
३ सेप्टेम्बर फुकुओका जापान ,

हस्त लामा क्युशुको लागि चिरपरिचित नाम हो विगतमा NRNA क्युशुको लागि संयोजक पदमा आफ्नो उमेद्वारी घोषणा गरेका लामाले सहमतिका लागि भन्दै आफ्नो उमद्वारी फिर्ता लिएका थिए, त्यही बेलामा NRNA जापानको केन्द्रिय सदस्य पदका लागि हस्त लामा लाइ क्युशु बाट सर्बसम्मत पठाउने सहमति भएको थियो ।
त्यही अनुरुप लामाले NRNA जापानका लागि सदस्य पदमा उमेद्वारी दिएका थिए र आज भएको निर्वाचनमा उनले निकै राम्रो मतसहित निर्वाचित पनि भए ,उनले दिएको योगदानकै आधारमा सम्पूर्ण जापानबासी नेपालीले उनलाई रोजेको अनुमान गरिएको छ ।
आगामी दिनमा उनको योगदान कस्तो रहनेछ भन्ने विषयमा पक्कै पनि निकै चासो रहला यसपालीको अधिवेशनमा उनको जितलाई NRNA जापानकै लागि एउटा सम्भावना र आश लाग्दो ब्यत्तिको रुपबाट हेरिएको छ ।
स्मरण रहोस NRNA जापानको यसपालिको अधिवेसनमा सबै भन्दा बढी मत 3001 ल्याई लामा विजयी भएका हुन् ।