नयाँ

नयाँ नेतृत्वको लागि सम्पन्न गैरआवासीय नेपाली संघ जापानको मतदानको नतिजा सार्वजनिक

सेप्टेम्बर ३   फुकुओका ,जापान /

नयाँ नेतृत्वको लागि सम्पन्न गैरआवासीय नेपाली संघ जापानको मतदानको नतिजा सार्वजनिक भएको छ ।
निर्वाचन समितिले निर्धारण गरेको समयअनुसार आइतबार बिहान १० वजेर २० बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेर २० मिनेटमा जादा सकिएको थियो ।
अनलाइन भोटिङमार्फत निर्वाचनमा जम्मा ७ हजार ५०३ मत खसेको थियो ।
मतदानका लागि एनआरएनए जापानको मतदानबाट २ उपाध्यक्षद्धयमा शिवप्रसाद पौडेल र सरोजकुमार खत्री, सचिवमा जनकविक्रम शाही, महिला सदस्यमा शिर्जना पाण्डे, खुल्ला सदस्यहरू हस्त लामा,नारायण खड्का, वालकृष्ण कडेल्,लालबहादुर रावल,राजन पौडेल विजयी भएका छन् ।

 

 

नेतृत्वमा पुग्नका लागि उपाध्यक्षमा ५, सचिवमा २, महिला सदस्यमा ३ र केन्द्रीय सदस्यमा २१ जनाको उम्मेदवारी परेको थियो ।
यसअघि अध्यक्षमा टासी वाङ्दी लामा, बरिष्ठ उपाध्यक्षमा देविलाल भण्डारी, महिला उपाध्यक्षमा अनिता गुरुङ , महासचिवमा बुद्धिराज घिमिरे, कोषाध्यक्षमा कालिका थापा र सह कोषाध्यक्षमा रामथापा सर्बसम्मत चयन भइसकेका छन्  ।

,
Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *