Home » समाचार » चाडपर्वको समय सुरु हुनसाथ चोरीका घटना बढ्न थालेपछि पोखराको बिरौटाका स्थानिय त्रसित

चाडपर्वको समय सुरु हुनसाथ चोरीका घटना बढ्न थालेपछि पोखराको बिरौटाका स्थानिय त्रसित

भदौ १७ पोखरा । पोखराको बिरौटामा गएराती दुई स्थानमा चोरी भएको छ । रातीको समयमा स्थानिय कल्पना गुरुङले शिबबुद्ध मार्गमा सञ्चालन गर्दै आएको किराना पसलमा ढोका फुटालेर चोरी भएको पसलकी सञ्चालक गुरुङले बताइन । पसलबाट करिव १३ हजार बराबरको चुरोट , रेडबुल, खाने तेल र काउन्टरमा राखीएको करिव ५ हजार रुपैया गरि करिव २५ हजार बढीको चोरी भएको बताइन । उनले भनिन, “शुक्रबार राती अवेरसम्म पानी पानी परि रहयो, त्यो हुनाले पनि केही पत्तो पाइएन , बिहान पसल खाल्न जाँदा त तेत्रो सामान चोरी भएको रहेको छ ।”

यस्तै शुक्रबार रातीनै शिबबुद्ध मार्गका दान बहादुर भण्डारीको घरको भान्सा कोठाको ताला फुटालेर चरेसका थाल र पानी तान्ने मोटर चोरी भएको भण्डारीले जानकारी दिए । अन्य घरमा पनि चोरीको प्रयास गरिएपनि चोर्न सफल नभएको स्थानियले बताएका छन । शुक्रबारका यि दुई घटनामा एउटै समुहको हात भएको हुन सक्ने भण्डारीले बताए ।

चाडपर्वको समयमा चोरीका घटना बढ्न थालेपछि स्थानिय यतिबेला त्रसित बनेका छन ।

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

‘चुनाव बिथोल्नको लागि जताततै बम फेला पर्न थालेको छ

सिन्धुपाल्चोक, २ मंसिर  । जिल्लाभर चुनावी सरगर्मी तातेसँगै निर्वाचन क्षेत्र न २ मा जताततै बम फेला ...