काठमाडौँ, १७ भदौ । गोकर्णेश्वर नगरपालिकाले वडा नं २ नयाँपाटी क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेको छ ।

नगरपालिकाले आज नयाँपाटीमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसेले खुला दिसामुक्त क्षेत्र घोषणा गर्नुहुँदै राजधानीमै बढी पानी निर्यात गर्ने मुहान क्षेत्र भएकाले पनि यो ठाउँलाई सफा राख्न विशेष कार्यक्रम शुरु गरिएको बताउनुभयो ।

खुला दिसामुक्त क्षेत्र घोषणा गरेपछि उपत्यकाको सभ्यताको स्रोत वाग्मतीलगायत नदीको सफाइमा पनि सहयोग पुग्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा नगर उपप्रमुख शान्ति नेपालले भूकम्पपछि भत्किएका सबै घरका शौचालय पुनःनिर्माण सम्पन्न भएपछि साविकको नयाँपाटी गाविस क्षेत्रलाई खुला दिसारहित स्थानका रुपमा सार्वजनिक घोषणा गरिएको बताउनुभयो ।

नगरपालिकाको वडा नं २ का अध्यक्ष कृष्णबहादुर पण्डितले ‘एक घर एक शौचालय’को निर्माण सम्पन्न भइसकेको जानकारी गराउनुहुँदै वडाका धेरै मानिसको भीडभाड हुने स्थलमा सार्वजनिक शौचालयको निर्माण गर्ने कार्यक्रम पनि अघि बढेको जानकारी गराउनुभयो ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *