केपि ओली

पोखरा, १७ भदौ । पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्माले अस्पताल जाने भनेर कहिले फेवाताल त कहिले महेन्द्र गुफा पुग्ने गरेको रहस्य खोलेका छन् ।

सराङकोट पर्यटन महोत्सबको प्रमुख अतिथि बनेर आएका ओलीले आफु पोखरामा जेलमा बस्दा अस्पताल जान्छु भनेर मात्र बाहिर निस्कन पाइने र त्यतिबेला फेवाताल पुगेर डुङ्गा सयर गरि फर्कने गरेको बताएका छन् ।

साथै ओलीले पोखरालाई आफ्नो दोश्रो घर समेत भनेका छन् । राजनितिक भन्दा बढी पहिलाको पोखराको परिवेश अब कस्तो पोखरा बन्नुपर्छ भन्ने विषयमा विकासका सन्दर्भ जोडेका ओलीले केहि वर्षमा काठ्माण्डौ पोखरा सुलुलु रेल चल्ने समेत बताएका छन् । हेर्नुहोस ओलीको रमाइलो भाषणको भिडियो ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *